काठमाडौं । शुक्रबार थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीका २१ जना, झापाका १२ जना, मोरङका ६ जना र भोजपुरका ५ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै अर्घखाचीका १ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, रुपन्देहीका १८ जना, सिन्धुलीका २ जना, बाराका ३ जना, तनहुँका २ जना, कैलालीका ४ जना, अछामका १ जना, डडेलधुराका ५ जना र बझाङका १ जनामा संक्रमण देखिएको छ ।
त्यस्तैगरी धनुषाका ४ जना, गुल्मीका १ जना, कपिलबस्तुका ४४ जना, सुर्खेतका १ जना, दैलेखका ९० जना, जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलाखाका १ जना, गोरखाका १ जना, दाङका १ जना, काभ्रेका ५ जना, रामेछापका १७ जना, कास्कीका १ जना, रौटहटका ६ जना र महोत्तरीका १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ । हालसम्म ३३३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।