काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुँनेको संख्या १६ पुगेको छ । अर्घखाँचीका ५७ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो ।
स्वासप्रश्वासमा समस्या आएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याईएको थियो । लुम्बिनी अस्पतालमा उपचार गराई घर फर्किने क्रममा बुधबार उनको मृत्यु भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा हालसम्म ५ हजार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८७७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् । हालसम्म नेपालका ७२ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।