संगालोखबर सम्वाददाता

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या १९ पुगेको छ । गुल्मीका ३६ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार पुुष्टि गरेको हो ।

Advertisement

जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनको आईसोलेशनमा उपचार भईरहेको थियो । क्यान्सर रोगसमेत भएका उनको शनिवार मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म ५ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९ सय ७४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!