संगालोखबर सम्बाददाता

काठमाडौं । लकडाउनका कारण बन्द रहेका सरकारी कार्यालयहरु आजबाट खुल्ने भएका छन् । बन्द रहेको ८३ दिनपछि देशभरका सरकारी कार्यालयहरु खुल्न लागेका हुन् ।

Advertisement

लकडाउनको समयमा मन्त्रालय र केही अत्यावश्यकीय सेवा प्रवाह गर्ने कार्यालय बाहेक देशभरका सरकारी कार्यालय बन्द थिए । जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने र असार १ गतेदेखि देशभरका सरकारी कार्यालयको सेवा सञ्चालन गर्ने निर्णय गरेकाले कार्यालयहरु खुल्ने भएका हुन् ।

अब दुई सिफ्टमा कार्यालय संचालन गरी सेवा प्रवाह गरिने छ । बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ । बिहान ६ बजेदेखि १ बजेसम्म एउटा सिफ्ट र १ बजेदेखि बेलुका ६ बजेसम्म अर्को सिफ्टमा कार्यालय खुल्ने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

कार्यालय प्रभावकारी रूपमा सञ्चालन भए–नभएको प्रधानमन्त्री कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुगमन गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!