संगालोखबर सम्बाददाता

काठमाडौं । शनिवारसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुँनेको संख्या १३ पुगेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

Advertisement

डोल्पाका ५८ बर्षीय पुरुष र धनगढीकी ५५ बर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । डोल्पाका पुरुषको जेठ २१ गते मृत्यु भएको हो । उनी दमका रोगी थिए ।

यता, मृगौलापीडित धनगढीकी महिलाको डाईलायसिसका क्रममा हिजो दिउँसो मृत्यु भएको हो । उनीहरु दुवै जनाको स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिवार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!