संविधान संशोधन विधेयक पारित
काठमाडौं । नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न ल्याईएको संविधान संशोधन विधेयक पारित भएको छ । शनिबार बसेको प्रतिनिधि सभा बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नक्सालाई सर्वसम्मत अनुमोदन गरेको हो ।
संविधान संशोधन विधेयकको पक्षमा दुई तिहाईभन्दा बढी मत प्राप्त भएकाले विधेयक पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका छन् । बैठकमा २५८ सांसद सहभागि थिए । सबै...




















