संगालोखबर सम्बाददाता

काठमाडौं । शनिवार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङका २ जना, सुनसरीका ५ जना, सप्तरीका ८ जना, नवलपरासीका ५ जना, बाँकेका १२ जना, बर्दियाका २८ जना, कास्कीका ३ जना, स्याङ्जाका १० जना, बाग्लुङका १ जना, बझाङका ६ जना, कन्चनपुरका १ जना, काठमाडौंका ६ जना, अछामका १ जना र कैलालीका २ जनामा संक्रमण पुष्टि भएको छ ।

डडेलधुराका १ जना, दैलेखका ४७, डोल्पाका १, सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्घखाँचीका १, कपिलबस्तुका ५०, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३६५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!