- संगालोखबर सम्बाददाता

काठमाडौं । नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न ल्याईएको संविधान संशोधन विधेयक पारित भएको छ । शनिबार बसेको प्रतिनिधि सभा बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नक्सालाई सर्वसम्मत अनुमोदन गरेको हो ।

संविधान संशोधन विधेयकको पक्षमा दुई तिहाईभन्दा बढी मत प्राप्त भएकाले विधेयक पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका छन् । बैठकमा २५८ सांसद सहभागि थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मतदान गरेका छन् । विधेयकको विपक्षमा मत परेन । विपक्षमा आवज उठाउँदै आएकी सांसद सरिता गिरी भने बैठकमा बोल्न नपाएपछि बैठक छोडेर बाहिरिएकी थिईन् ।

मतदानका क्रममा १२ सांसद अनुपस्थित रहेका थिए । ४ जना सांसद निलम्बनमा छन् भने सभामुखले मतदानमा सहभागिता जनाउँदैनन् । भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालले जेठ ७ गते नयाँ नक्सा जारी गरेको थियो । नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापभित्रको नक्सामा राख्न संविधान संशोधन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!