संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सुर्खेतको पन्चपुरीका २८ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

भारतबाट आएर उनी १४ दिन क्वारेनटाइनमा बसेका थिए । आरडीटी परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, घर गएपछि उनको बिहिबार मृत्यु भएको हो । मृत्यु पश्चात गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

Advertisement

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुँनेको संख्या ११ पुगेको छ । नेपालमा हालसम्म २९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!