बुधबार भएको स्थानीय तह निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको छ । दश तहको ३ सय ५१ मतदान केन्द्रमा भएको निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिए ।

Advertisement

जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा २ लाख ९१ हजार १५० मतदाता छन् । उनीहरुको मतबाट ५ सय २० जनप्रतिनिधि चयन हुनेछन् ।

जिल्लाका १ सय ५१ मतदान स्थल अन्तर्गत ३ सय ५१ केन्द्र तोकिएको थियो । सबै मतदान केन्द्रहरुमा मतदाताहरुले निर्वाधरुपमा मतदाताहरुले भोट हालेका छन् ।

केही ठाउँमा मतदातालाई त्रसित पार्न बिस्फोटक पदार्थ राखेको पाइए पनि सुरक्षा व्यवस्था कडा पारिएकाले मतदानमा अवरोध हुन नसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतपत्रका बाकसहरु आ-आफ्ना पालिकामा पुर्‍याउने काम भैरहेको र भोलिदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ । राजनीतिक दलहरुको सर्बदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुने मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!