काठमाडौं, १३ असार । मोसमविदले १४ असारमा हुने दोस्रो चरण स्थानीय निर्वाचनका दिन मध्याह्नअघि नै मतदानस्थल पुगेर मतदान गर्न सुझाएका छन् । मध्याह्नपछि बढी वर्षा हुने सम्भावना रहेको भन्दै उनीहरुले मतदातालाई यस्तो सुझाव दिएका हुन् ।

निर्वाचनका दिन (बुधबार) बिहान ७ बजेदेखि वर्ष भए पनि ७ बजेपछि प्रदेश नं. १, ५ र ७ का पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

तीन दिनसम्मको मौसमी पूर्वानुमान गर्ने महाशाखाले दोस्रो चरणको निर्वाचनका दिन पानी पर्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार बिहान ७ बजेको समयमा प्रदेश १ का पूर्वी जिल्लाहरुमा सामान्य वर्षा हुनेछ । राजधानी दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!