दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका अम्बास मतदान केन्द्रमा अज्ञात समूहले प्रहार गरेको बम टिपेर सुरक्षित स्थानमा फ्याँक्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गर्ने गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बचन दिएका छन् ।

Advertisement

मन्त्री शर्माले आज रानालाई टेलिफोन गरी उनको बहादुरीको प्रशंसा गरेका थिए । साथै उनलाई पुरस्कृत गर्ने उनले बचन दिएका छन् ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालय प्रतापकोट अम्बासमा बिहान मतदान भइरहेको बेला अज्ञात समूहले बम प्रहार गरेको थियो ।

मतदान केन्द्रको सुरक्षामा खटिएका प्रहरी हबल्दार रानाले उक्त बमलाई समातेर तत्कालै जंगलतर्फ फ्याकेर सम्भावित दुर्घटना हुनबाट बचाएका थिए । उनले बम फ्याँकेको केही मिनेटमै ठूलो आवाजका साथ बम बिष्फोट भएको थियो ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!