धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका- ६ राजारानी को जनशिक्षा सदन आधारभुत बिद्यालय थाप्रुङ केन्द्रमा २ जना नक्कली मतदाताहरु पक्राउ परेका छन् ।
अरुको नाममा मतदान गर्न खोज्ने क्रममा २ यूवाहरु पक्राउ परेको चौबिसे गाउँपालिकाका मतदान अधिकृत नगेन्द्र कालाखेतीले जानकारी दिए ।
कालाखेतीका अनुसार अरुको नाममा मतदान गर्न खोज्ने क्रममा चौबिसे ६ का २८ वर्षीया नरमाया लिम्बु र २७ वर्षीय हाङकङ लिम्बु रहेको निर्वाचन अधिकृत नगेन्द्र कालाखेतीले जानकारी दिए
उनीहरुलाई छानबिनका लागि सुरक्षाकर्मीहरुले हिरासतमा राखेको कालाखेतीले जानकारी दिए ।
निर्वाचन कसुर सजाय ऐन २०७३ को दफा ७ को उपदफा ३ अनुसार अरुको नाममा मतदान गर्नेलाई मतदान अधिकृतले १ देखि २५ हजारसम्म जरीवाना गर्न पाउने प्रावधान छ ।