संगालोखबर


विराटनगर । विराटनगर-७ मा रहेको मेरिल्यान्ड कलेजले २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमको आयोजना गरी कलेजले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

सोही अवसरमा कलेजले विभिन्न सालमा कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र बीबीएस तहमा बोर्ड प्रथम तथा द्वितीय हुने छात्र-छात्रालाई पुरस्कृत गरेको छ ।

Advertisement

यस्तै आन्तरिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने तथा आन्तरिक खेलकुद कार्यक्रमका विजेता विद्यार्थीहरूलाई सम्मान गरिएको छ । कलेजमा १५ वर्षभन्दा बढी कार्य गर्ने शिक्षक तथा कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा दिपेशकुमार भगत, मदन खतिवडा, महेन्द्रनारायण कर्ण, नवजीत प्रधान, शशिभूषण कर्ण, श्यामकुमार झा, विजयकुमार दाहाल, लेखनाथ निरौला, मुक्तिनारायण गच्छदार, विनोद भट्टराई र देवकी मरिक रहेका छन् ।

उनीहरूलाई विराटनगरका मेयर नागेश कोइराला, कलेजका प्रिन्सिपल लक्ष्मण ढकाललगायतले सम्मान गरेका थिए । कलेजका प्रिन्सिपल ढकालले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल साबित भएको कलेज देशभरिकै उत्कृष्ट सातमा पर्न सफल भएको उल्लेख गरे ।

२०५९ सालमा स्थापना भएको कलेजले आगामी शैक्षिकसत्रदेखि विज्ञान सङ्कायमा पनि पठनपाठन थाल्ने उनले बताए । वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!