विराटनगर । आजको प्रदर्शनमा घाइते भएकाहरूलाई काठमाडौं मेडिकल कलेज (केएमसी)ले निःशुल्क उपचार गरिदिने भएको छ । अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै निःशुल्क उपचार गरिदिने जनाएका हुन् ।
सामाजिक उत्तरदायित्व अन्तरगत घाइतेहरूको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ । तर, उपचार गर्दा लाग्ने औषधी र औषधीजन्य सामग्री सम्बन्धित व्यक्तिले नै प्रबन्ध गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।