संगालोखबर


काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन उग्र बनेको छ । प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक समेत खोसेका छन् । यस्तै प्रदर्शनकारीले एक महिला सशस्त्र प्रहरीको टाउको समेत फुटाइदिएका छन् ।

प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी समेत भएको छ ।

Advertisement

घरमा लागेको आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगो निभाउन आएको दमकलमाथि पनि प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् । प्रहरीले भिड तितरबितर पार्ने कोसिस गरिरहेको छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!