सार्वजनिक यातायात व्यवस्थित बनाउन गृहको १२ बुँदे निर्देशन
विराटनगर । गृह मन्त्रालयले सार्वजनिक यातायातमा अनिवार्य जीपीएस ट्र्याकिङ प्रणाली, सिसिटिभी जडान र अनलाइन टिकटको व्यवस्था गर्न व्यवसायीहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई पत्र लेख्दै सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न भनेको हो ।
मन्त्रालयले सार्वजनिक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई १२ बुँदे निर्देशन दिएको...






























