विराटनगर । राजावादीको प्रदर्शनमा पुगेका एक व्यक्तिले साढे दुई तोलाको सुनको सिक्री लुटिएको बताएका छन् । जुलुसतर्फ अघि बढ्दा आफूलाई पछाडिबाट थिच्दै घाँटीमा लगाइराखेको सिक्री लुटिएको उनले बताएका हुन् ।
उनले एक भिडियोमा भनेका पछाडिबाट घाँटीमा समाएर सिक्री लुटेको उल्लेख गरेका छन् । उनले आफूसँग अब रुनु बाहेकको विकल्प नभएको बताएका छन् । उनले तीन लाख मूल्य बढीको सिक्री लुटिएको जनाएका छन् ।
उनले बिलौना गर्दै भनेका छन्, ‘अब मैले कहाँबाट सिक्री ल्याउने । घर कसरी जानु ।’ सिक्री लुटिएका व्यक्तिको नाम भने खुलेको छैन । उनले सिक्री हराएको भनेर बिलौना गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।