सरकारमा खटपट, वाम एकतामा आशंका

सरकारमा खटपट, वाम एकतामा आशंका

काठमाडौं, ३१ वैशाख। पार्टी एकताको नजिक रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फेरि खटपट सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर माओवादी सशंकित देखिएको हो । बजेट निर्माण तथा हाल संसद्मा छलफल जारी रहेको बजेटका आधारभूत तथा सैद्धान्तिक पक्ष समेटिएको विनियोजन विधेयक, सचिवहरूको सरुवा, राष्ट्रिय अनुसन्धान विभाग आफू मातहत ल्याउनेलगायत सरकारको निर्णय प्रधान...
मिथिलालाई भारतमा मिलाउनुपर्छ भन्ने भाजपा सांसदको अभिव्यक्तिप्रति एमालेको आपत्ति

मिथिलालाई भारतमा मिलाउनुपर्छ भन्ने भाजपा सांसदको अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं, ३० वैशाख । सत्तारुढ दल नेकपा एमालेले जनकपुरलाई भारतमा मिलाउनुपर्छ भन्ने भारतीय सांसद कीर्ति आजादको भनाईको निन्दा गरेको छ । एमालेको बैदेशिक मामिला विभागका सचिव यादवचन्द्र शर्माले विज्ञप्ति निकालेर भाजपाका सांसद आजादले ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा फर्काउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएकोप्रति भत्र्सना गर्नुभएको हो ।...
राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैन: काँग्रेस प्रवक्ता शर्मा

राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैन: काँग्रेस प्रवक्ता शर्मा

दमक, २९ वैशाख । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएको बताउनुभएको छ । उहाँले आफ्ना राजनीतिक माग पूरा गराउन अब सडकमा टायर बाल्ने, कालो झण्डा देखाउनेदेखि नारा जुलुस गरेर बन्द हडताल गर्ने दिनको अन्त्य भएको जिकिर गर्नुभयो । झापाको दमकमा बिपी अध्ययन प्रतिष्ठान झापा र युथ नेटवर्कले आज आयोजना गरेको ‘राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व’ विषयक अन्तरसंवा...
रामकुमारी झाँक्रीले अर्थमन्त्रीको प्रशंसा गर्दै बजेटबारे राखिन् यस्तो सुझाव

रामकुमारी झाँक्रीले अर्थमन्त्रीको प्रशंसा गर्दै बजेटबारे राखिन् यस्तो सुझाव

काठमाण्डौं, २७ बैशाख । एमाले नेतृ एवं सांसद रामकुमारी झाँक्रीले अर्थमन्त्री डा.युवराज खतिवडाको प्रशंसा गर्दै बजेटका बिषयमा सुझाव दिएकी छन् । विनियोजन विधेयक २०७५ का सिद्धान्त र प्राथमिकतामा समेटिएको बिषय बाम गठबन्धनको घोषणापत्र अनुसार आएको भन्दै झाँक्रीले अर्थमन्त्री डा. खतिवडाको प्रशंसा गरेकी हुन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सुझाव राख्दै झाँक्रीले आगामी बजेटमा समेटनु पर्ने थप बिषयसमेत ...
मलेसियामा महाथिर मोहमदको सानदार जित, बिहीबारै सपथ लिने, महाथिर विश्वका सबैभन्दा बृद्ध प्रधानमन्त्री

मलेसियामा महाथिर मोहमदको सानदार जित, बिहीबारै सपथ लिने, महाथिर विश्वका सबैभन्दा बृद्ध प्रधानमन्त्री

क्वालालम्पुर, २७ वैशाख । मलेसियाको संसदीय निर्वाचनमा यहाँका पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेको समाचार छ । उहाँको चुनावी गठबन्धनले सन् १९५७ देखि निरन्तर रुपमा मलेसियामा सत्तामा रहेको एक राजनीतिक दललाई हराउँदै सानदार विजयी भएको हो । यो जितसँगै मलेसियाका एकजना वरिष्ठ राजनीतिज्ञको राजनीतिक पुनरागमन भएको छ । महाथिर हाल ९२ वर्षका हुनुहुन्छ । ९२ वर्षका एकजना डा...
सरकार अधिनायकवादतर्फ बढ्योः डा कोइराला

सरकार अधिनायकवादतर्फ बढ्योः डा कोइराला

पथरी, मोरङ, २६ वैशाख । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले देश अधिनायकवादतर्फ अघि बढेको बताउनुभएको छ । सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित सन्दर्भमा नेपाली काँग्रेसको भूमिका’ विषयक आज यहाँ आयोजित विचार गोष्ठीमा उहाँले वाम गठबन्धन सरकार देशलाई अधिनायकवादतर्फ धकेल्न उन्मुख रहेको बताउनुभयो । वाम गठबन्धनको सरकार दुईतिहाई मत हासिल गरी संविधान परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै डा को...
बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन: वरिष्ठ नेता पौडेल

बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन: वरिष्ठ नेता पौडेल

पोखरा, २५ वैशाख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको बताउनुभएको छ । बिपी कोइराला अध्ययन प्रतिष्ठान प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा बिपीको विचार’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले बिपीले तत्कालीन अवस्थामा चाहेको शासन व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र नै भएको उल्लेख गर्नुभयो । नेपाली काँ...
माओवादी केन्द्रः राष्ट्रियसभामा दलका नेतामा शर्मा

माओवादी केन्द्रः राष्ट्रियसभामा दलका नेतामा शर्मा

काठमाडौँ, २५ वैशाख । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको आज बसेको बैठकले राष्ट्रियसभामा दलको नेतामा सांसद दीनानाथ शर्मालाई चयन गर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । बैठकमा बजेट अधिवेशनबारे सरकारमा सहभागी दलबीच समान धारणा बनाएर सोहीअनुरुप सरकारको नीति तथा कार्यक्रम ल्याइनुपर्नेबारे छलफल भएको संसदीय दलका प्रमुख ...
बीपी जेल बसेको सुन्दरीजल बन्यो देउवा-पौडेल गुटको झगडा स्थल !

बीपी जेल बसेको सुन्दरीजल बन्यो देउवा-पौडेल गुटको झगडा स्थल !

काठमाडौं, २५ वैशाख । सुन्दरीजल कांग्रेसका संस्थापक नेता बीपी कोइराला जेल बसेको स्थान हो । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति बोकेर निर्वासनबाट फर्किएका उनलाई त्यहीँ थुनिएको थियो । तर, कांग्रेसका नेताहरुले अब त्यही सुन्दरीजललाई गुटको झगडा स्थल बनाउने भएका छन् । सुन्दरीजलस्थित वीपी संग्रहालयमा कांग्रेसको संस्थापन र पौडेल-सिटौला समूहले स्ववियु सभापति तथा पदाधिकारीहरुको अलग-अलग प्रशिक्षण कार्यक्...
‘सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट समृद्धि’

‘सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट समृद्धि’

पोखरा, २३ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट मात्र समृद्धि र विकास सम्भव हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ समितिका नवनिर्वाचित पदाधिकारी एवं सदस्यको आज यहाँ आयोजित पदस्थापन समारोहमा उहाँले विकास, समृद्धि र स्थायित्वका लागि सबै मिलेर सहकार्य गर्न आवश्यक भएको बताउनुभयो । राजनीतिक स्थिरताका लागि आफूहरूले ग...
कार्ल माक्र्सको द्विशतवार्षिकीमा ओलीले भने ‘कम्युनिष्टहरु अधिनायकवादी हुनै सक्दैनन्’

कार्ल माक्र्सको द्विशतवार्षिकीमा ओलीले भने ‘कम्युनिष्टहरु अधिनायकवादी हुनै सक्दैनन्’

काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु कहिल्यैपनि अधिनायकवादी हुनै नसक्ने ठोकुवा गरेका छन् । कार्ल माक्र्स जन्म द्विशतवार्षिकीको अवसर पारेर शनिवार एमाले स्थायी कमिटीले राजधानीमा गरेको प्रवचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रतिक्रियावादीहरुले अधिनायकवादको भ्रम फैलाउने कोशिस गरेपनि कम्युनिष्ट तथा माक्र्सवादीहरु कुनैप...
काँग्रेसले आज पदाधिकारी मनोनयन गर्ने

काँग्रेसले आज पदाधिकारी मनोनयन गर्ने

काठमाडौँ, २१ वैशाख ।  नेपाली काँग्रेसको आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले रिक्त पदाधिकारी मनोनयन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको बैठकमा पदाधिकारी मनोनयनको कार्यसूची रहेको पार्टी कार्यालयले जनाएको छ । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि नाम प्रस्ताव गर्नुहुने र कार्यसमितिबाट त्यसलाई ...
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौँ, २० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नयाँ सरकार गठन भएसँगै पटकपटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट सर्वसाधारण जनतालाई समस्या भएको उल्लेख गरिएको छ । यसैबीच राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह...
एमाले र माओवादी केन्द्रका अध्यक्षबीचको छलफल निश्कर्षविहीन

एमाले र माओवादी केन्द्रका अध्यक्षबीचको छलफल निश्कर्षविहीन

काठमाडाैँ, २० वैशाख । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच पार्टी एकता प्रक्रिया निश्कर्षमा पुर्याउन आज भएको छलफल पनि निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दुई अध्यक्षबीच बिहान छलफल भएपनि विवादित भनिएको ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र केन्द्रीय समितिमा प्रतिनिधित्वको अनुपातबारे निश्कर्ष नआएको हो । दुई अध्यक्षबीच आजै पुनः छलफल हुने बताइएको छ । पार्टी...
एमाले माओवादी बैठक शुरु, ६०–४० को भागवण्डामा आजै सहमति हुने संकेत

एमाले माओवादी बैठक शुरु, ६०–४० को भागवण्डामा आजै सहमति हुने संकेत

काठमाडौं, २० वैशाख। नेकपा एमाले र माओवादी केन्द्रका दुई अध्यक्ष एकताको विषयमा सहमतिका लागि बैठक सुरु भएको छ । सहमतिको अन्तिम प्रयास स्वरुप प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीवार बिहान छलफल भए पनि अन्तिम प्रयास स्वरुपका लागि अहिले बैठक सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा दुई पार्टीबीच ६० र ४० को ...
ओली र प्रचण्डबीच बालुवाटारमा निर्णायक वार्ता हुँदै

ओली र प्रचण्डबीच बालुवाटारमा निर्णायक वार्ता हुँदै

काठमाडौं, २० बैशाख। एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ । एकतासँग जोडिएका विषय करिब–करिब टुंगो लागिसकेकाले दुई नेताबीच एकता घोषणासभाको मितिलगायतमा केन्द्रित रहेर छलफल हुने एक नेताले बताए। गत ९ वैशाखमा हुने भनिएको एकता धकेलिएपछि दुई नेताले त्यसयता पाँचपटक निरन्तर छलफल गरिसकेका छन्। २० वैशाखमा निर्णायक छलफल गर्ने समझदा...
शनिबार पार्टी एकताको मिति घोषणा हुन सक्छ : प्रचण्ड

शनिबार पार्टी एकताको मिति घोषणा हुन सक्छ : प्रचण्ड

काठमाडौं, २० वैशाख ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी शनिबारसम्म पार्टी एकताको मिति घोषणा हुन सक्ने बताएका छन् । माओवादी केन्द्रको बुधबारको सचिवालय बैठकमा पार्टी एकताको विषयमा ब्रिफिङ गर्दै प्रचण्डले २२ वैशाखमा कार्ल माक्सको द्विशतवार्षिकीको कार्यक्रममा एकताको मिति घोषणा हुन सक्ने बताएका हुन् । ‘अध्यक्षले एकता प्रक्रिया सहमतिनजिक पुगेको ब्रिफिङ गर्नुभयो, राजनीतिक प्रतिवेदन, विधानलगायत...
पार्टी एकीकरण अन्तिम चरणमा: अध्यक्ष प्रचण्ड

पार्टी एकीकरण अन्तिम चरणमा: अध्यक्ष प्रचण्ड

काठमाडौँ, १९ वैशाख । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँगको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टी सचिवालय बैठकमा एकताका अधिकांश विषय अन्तिम चरण पुगेको अध्यक्ष प्रचण्डले बताउनुभएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन । एकताका विषयमा धेरै विषय मिल्दै गएको र बाँकी रहेका विषयलाई बिहीब...
एमालेले जनयुद्ध माओवादीले जबज स्वीकार गर्ने

एमालेले जनयुद्ध माओवादीले जबज स्वीकार गर्ने

काठमाडौं, १९ वैशाख। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले जबज र एमालेले जनयुद्धलाई स्वीकार गरेर अघि बढ्ने सहमति भएको बताएका छन् । पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा बसेको हेडक्वाटर बैठकपछि पत्रकारहरुलाई ‘ब्रिफिंग’ गर्दै अध्यक्ष दाहालले एकता संयोजन समितिले टुंग्याउन नसकेको जवज र जनयुद्धमा सहमति भएको बताएका हुन्। सहमति हुन बाँकी विषयमा एमाले अध्यक्ष के...
एमाले माओवादी एकीकरण भोली टुंगिने दाहालको उद्घोष

एमाले माओवादी एकीकरण भोली टुंगिने दाहालको उद्घोष

काठमाडौं, १९ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको एकीकरण प्रक्रियाले भोलि अन्तिम रुप पाउने बताउनुभएको छ । राजधानीमा आज एकीकरण सम्बन्धमा भएका पछिल्लो प्रगतिबारे केन्द्रीय सचिवालय बैठकलाई जानकारी दिदै अध्यक्ष दाहालले समान हैसियत, सम्मान र सहभागीताका साथ एकीकरण हुने बताउनुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भोलि हुने वान टु वान वार्तामा सहमति हुन बाँकी सवै विषयलाई...
अनेरास्ववियु केन्द्रीय कमिटीको बैठक जेठ ४ र ५ गते

अनेरास्ववियु केन्द्रीय कमिटीको बैठक जेठ ४ र ५ गते

काठमाडौँ, १९ वैशाख। नेकपा (एमाले) निकट अनेरास्ववियुको केन्द्रिय कमिटी बैठक आगामी जेठ ४ र ५ गते बोलाएको छ । लामो समयदेखि बैठक बस्न नसकेकोमा समसामयिक विषयमा छलफल गर्नका लागि चौथो बैठक बोलाइएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए । प्रत्येक चार महिनामा हुने अखिलको बैठक आठ महिनापछि बस्न थालेको हो । बैठकमा अखिलका अध्यक्ष नवीना लामा प्रतिनिधिसभाको सांसद भइसकेपछि उनलाई बिदाइ गरी कमिटीलाई नै प...
एमाले-माओवादी एकता : निर्णायक चरणमा विलय र फुटको शंका

एमाले-माओवादी एकता : निर्णायक चरणमा विलय र फुटको शंका

काठमाडौं, १९ वैशाख । एमाले र माओवादी केन्द्रले एकता घोषणा गरेको सातमहिने शृंखला चलिरहँदा एकताको अन्तिम निर्णय एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णायक संवादमा अड्किएको छ । कम्युनिस्ट पार्टी स्थापना दिवसका दिन ९ वैशाखमा गर्ने भनिएको एकताको अन्तिम घोषणा दुवै अध्यक्षको पछिल्ला नियमित संवाद शृंखलामै अड्किएको हो । चुनावी गठबन्धन र पार्टी एकताको...
एक/ दुई दिनभित्रै पार्टी एकताको टुंगो लाग्छ: अध्यक्ष दाहाल

एक/ दुई दिनभित्रै पार्टी एकताको टुंगो लाग्छ: अध्यक्ष दाहाल

काठमाडौँ, १८ वैशाख। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकाध दिनभित्रै पार्टी एकताको विषयमा ठोस प्रगति हुने बताउनुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “नेकपा(एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सम्पन्न हुने चरणमा रहेको छ । केही दिनभित्रै हामी त्यसलाई ठोस निष्कर्षमा पु¥याउछौँ र विश्व समुदायलाई नयाँ सन्देश दिन्छौँ ।” अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज विभिन्न...
एमाले–माओवादीलाई एकताबाट भाग्ने छुट छैन : पोखरेल

एमाले–माओवादीलाई एकताबाट भाग्ने छुट छैन : पोखरेल

काठमाडौं, १८ वैशाख । नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री इश्वर पोखरेलले नेकपा एमाले र नेकपा माओवादीलाई एकताबाट भाग्ने कुनै छुट नभएको भन्दै दुई कम्युनिष्टको छिट्टै एकता हुने बताएका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को नयाँ नेतृत्वको कार्यभार हस्तान्तरण कार्यक्रम एवं मे डे को शुभकामना व्यक्त गर्दै उनले न्यायोचित, सम्मानजनक र समानताका तीन आधारमा दुई पार्टीको एकता हुने स्पष्ट पारे । ...
डोल्पामा नेपाली काँग्रेसको छायाँ सरकार

डोल्पामा नेपाली काँग्रेसको छायाँ सरकार

दुनै, डोल्पा, १६ वैशाख ।  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली काँग्रेसको छाँया सरकार गठन गरिएको छ । नेपाली काँगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो । त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको हो । छायाँ सरकारको सहयोगीका रुपमा त्रिपुरासुन्दरी नगरपालिका तरुण दलका संयोजक मदनबहादुर रोकायाको...
एमाले–माओवादीले १० हजार युवालाई मार्क्सवाद पढाउने

एमाले–माओवादीले १० हजार युवालाई मार्क्सवाद पढाउने

काठमाडौं, १३ वैशाख । कार्ल मार्क्सको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई माक्र्सवाद पढाउने निर्णय गरेको छ। एमाले–माओवादी केन्द्रलगायत चार कम्युनिष्ट पार्टी सम्मिलित समितिले युवामा मार्क्सवादप्रति अभिरुची घट्दै गएकाले माक्र्सवाद पढाउने निर्णय गरेको हाे । यस्तै, माक्र्स जन्म द्विशतवार्षिकीलाई नेपालका सबै कम्युनिष्ट पार्टीले भव्य रुपमा मनाउने तयारी गरेका छन्। माक्र्स जयन्तीको द्विशतवार्ष...
संसद्मा गठन हुने समिति संख्याबारे कांग्रेसको असहमति

संसद्मा गठन हुने समिति संख्याबारे कांग्रेसको असहमति

काठमाडौं, १३ वैशाख । सत्तापक्षले संसदीय समितिको संख्या बढाएर आफ्ना नेताको व्यवस्थापन गर्न लागेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले चर्को विरोध जनाएको छ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा १० वटा समिति बनाउन सत्तापक्षले प्रस्ताव गरेपछि कांग्रेसले असहमति जनाएको हो । एक महिनाभित्र नियमावली मस्यौदामा सहमति जुटाउन गठित समितिको कार्यकाल सकिसके पनि संसदीय समितिको संख्या कति बनाउने र सांसद निलम्बन...
पार्टी एकता घोषणा हुनमात्रै बाँकी : मन्त्री थापा

पार्टी एकता घोषणा हुनमात्रै बाँकी : मन्त्री थापा

चितवन, १० वैशाख।  गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरु पनि तय भइसकेको बताउनुभयो । संयोजन समितिले मिति तोक्नमात्रै बाँकी रहेको छ भन्दै गृहमन्त्री थापाले सामान्य प्राविधिक कारण ऐतिहासिक दिन वैशाख ९ गते एकता घोषणा हुन नसकेको प्...
एमाले–माओवादी कार्यक्रममा ब्यानरको विषयमा तनाव

एमाले–माओवादी कार्यक्रममा ब्यानरको विषयमा तनाव

काठमाडौं, ९ वैशाख  । एमाले र माओवादीका अध्यक्ष केपी ओली र प्रचण्डले आज संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौँको राष्ट्रिय सभागृहमा तनाव भएको छ । माओवादीका कार्यकर्ताले संयुक्त सम्बोधनका लागि तयार पारिएको ब्यानरमा असहमति जनाउदै होहल्ला गरेपछि तनाव भएको हो । कार्यक्रम सुरु हुनुभन्दा केही समय पहिले माओवादीको भातृ संगठनका भक्तपुरका अध्यक्ष जीवीत थपलियाले ब्यानरमा असहमति जनाउँदै मञ्चमा गएर ह...
एकता र ध्रुवीकरणमा लामबद्ध हुन अध्यक्ष दाहालको आग्रह

एकता र ध्रुवीकरणमा लामबद्ध हुन अध्यक्ष दाहालको आग्रह

काठमाडौँ, ९ वैशाख। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध आग्रह गर्नुभएको छ । पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आज प्रेस वक्तव्य जारी गर्दै उहाँले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ । विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर इल्च...
एकता प्रक्रिया सकारात्मक, एकीकरणको मिति तोक्न सकिन्न: माओवादी केन्द्र

एकता प्रक्रिया सकारात्मक, एकीकरणको मिति तोक्न सकिन्न: माओवादी केन्द्र

काठमाडौँ, ९ वैशाख ।  नेकपा (माओवादी केन्द) केन्द्रीय कार्यालयको आजको विस्तारित बैठकले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको बैठकमा अध्यक्षले पार्टी एकताको पछिल्लो अवस्थाबारे जानकारी दिनुभएको थियो । बैठकमा कार्यालय सदस्यले एकताका विषयमा अध्यक्ष दाहाललाई सुझाव दिनुभएको थियो । ब...
error: Content is protected !!