मदन भण्डारीको हत्यारा पत्ता लगाउने प्रक्रिया सुरू : गृहमन्त्री थापा
काठमाडौं । जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया सुरू गरिएको दाबी गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् ।
२६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताए ।
‘नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थ...



























