- संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले दैनिक ज्यालादारी मजदुर र अति बिपन्न परिवारलाई राहत उपलब्ध गराउँने अभियानमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । जिल्ला अध्यक्ष राजेन्द्र राईले बुधबार नेता कार्यकर्तासहित पार्टीसम्बद्ध जनप्रतिनिधिलाईसमेत ७ वुँदे निर्देशन दिएका हुन् ।

Advertisement

सम्पूर्ण पार्टी नेता कार्यकर्तालाई आ–आफ्नो क्षमता अनुसारको राहत उपलब्ध गराएर स्थानीय तहमार्फत समन्वय गरी वितरण गर्न निर्देशन दिइएको पार्टी प्रचार बिभाग प्रमुख अर्जुन राईले जानकारी दिए । उनका अनुसार ज्यालादारी मजदुर र अति विपन्नको विवरण संकलन गरी स्थानीय तहसँगको समन्वयमा एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउँन निर्देशन दिइएको हो ।

त्यस्तै विदेशबाट आउँनेहरुलाई सम्मानजनक हिसावले क्वारेनटाइनमा राख्न पहल गर्ने र कोरोना आशंका गरिएका व्यक्तिको बारेमा सत्य तथ्य बुझेर मात्र सामाजिक सञ्जालमा संप्रेषण गर्न पनि निर्देशन दिइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!