- संगालोखबर सम्वाददाता

मोरङ । कांग्रेस महासमिति सदस्य एवं प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौलाले कांग्रेसको केन्द्रिय नेतृत्वले एकलौटी काम गरेर बिभाजन निम्त्याएको आरोप लगाएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मोरङले बयरबनमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै नेता संग्रौलाले यस्तो बताएका हुन् ।

पार्टी सभापति देउवाले अहिलेको परिस्थितीलाई आत्मासाथ गर्नुपर्ने भन्दै उनले गुटगत राजनीतिलाई अन्त्य गरेर पार्टीलाई एकजुट बनाउँन सभापति देउवालाई सझाव दिए । ‘पार्टी सभापति अव गुटको मात्र नेता नभई सिंगो पार्टीको नेता बन्नुपर्छ ।’ संग्रौलाले भने ।

फरक प्रसंगमा उनले कांग्रेसको इतिहासमा कोइराला परिवारको योगदान चर्चा गर्दै कोईरालाहरु बिना कांग्रेस बाच्न सक्दैन भन्ने धारणा जनमानसमा रहेको दावी गरे । यसअघि कोईराला परिवारले कांग्रेस र मुलुककै नेतृत्व गरेर मुलुकको परिवर्तनमा गति दिएको भन्दै उनले अव कोइराला परिवारको उत्तराधिकारीका रुपमा डा.शेखर कोइराला उदाएको धारणा राखे ।

अहिले पार्टी आन्तरिक समस्यामा रुमलिएर ओझेल परेकाले अव कोईरालाकै नेतृत्वमा कांग्रेसले गति लिने नेता संंग्रौलाको भनाई छ ।

भिडियो…

यो पनि पढ्नुहोस् …

मोरङमा कांग्रेस नेताहरुद्वारा सभापति देउवाको चर्को आलोचना, गुट छाड्न सुझाव

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!