संगालोखबर सम्वाददाता

सुनसरी । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले आफुलाई सिध्याउँन गिरोह नै सक्रिय रहेको खुलासा गरेका छन् । सुनसरीको इटहरीमा शनिवार आयोजित प्रेस संगठन नेपाल प्रदेश नं. १ को प्रथम भेला तथा शपथ ग्रहण कार्यक्रमलाई संबोधन गर्दै उनले आफु सञ्चार मन्त्री भएको बेला २०७२ सालदेखि नै सड्यन्त्र सुरु भएको बताए ।

Advertisement

मुख्यमन्त्री राईलाई पति दावी गर्दै एक महिलाले अंश मागसहित अदालतमा मुद्धा दायर गरेको भालिपल्ट उनले सार्वजनिक कार्यक्रममा यस्तो बताएका हुन् । मानसिक समस्या भएकी महिलालाई आफु बिरुद्ध प्रयोग गरिएको उनको दावी छ ।

‘मेरो राजनीतिक जीवनलाई समाप्त पार्न निकै ठुलो गिरोह सक्रिय भएर लागिपरेको छ ।’ उनले भने ‘यो घटनाको दुधको दुध पानीको पानी छुट्टिने दिन आएको छ । अव केहि दिनमै यसको पर्दाफास हुन्छ ।’ उनले आफु बिरुद्धको सड्यन्त्रको पर्दाफास गर्ने काममा सघाउँन सञ्चारकर्मीहरु समक्ष अनुरोध पनि गरे ।

यो बिषयमा पार्टी अध्यक्षसमक्ष पनि आफुले पहिले नै कुरा गरिसकेको उनले बताए । ‘मैले गिरोहको मुख्य नायिकेको नाम किटान गरेर पार्टीमा छलफल गरेको थिए । उहाँहरुले यस्ता कुराको पछि नलागि जिम्मेवारीमा अघि बढ्न सुझाव दिएपछि चु्प बसेको हुँ ।’ उनले भने ।

चुनावको बेला भोजपुरमा आफुमाथी भएको बम प्रहार काण्ड पनि यसै योजना अनरुप भएको उनले दावी गरे । ‘मलाई तर्साउँने गरी मात्र हैन । ठाउँको ठाउँ सिध्याउँने गरी हमला भईरहेको छ ।’ मुख्यमन्त्री राईले भने ।

नैतिक र आर्थिक रुपमा आफु कहिल्यै पनि नचुकेको दावी गर्दै उनले गलत कुराको भ्रममा नपर्न सर्वमा आग्रहसमेत गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!