संगालोखबर सम्बाददाता

काठमाडौं । केही दिनअघि राप्रपाबाट राजीनामा दिएका पूर्वमन्त्री सुनिलबहादुर थापा आज नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । राप्रपाबाट राजीनामा दिएका थापासहित १४ नेताहरु काठमाडौंमा आयोजित कार्यक्रममा काँग्रेस प्रवेश गरेका हुन् ।

Advertisement

थापासँगै राप्रपा परित्याग गरेका रामकृण भट्टराई, विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाहा, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नरायणा राउत र ईन्द्रबहनदुर तामाङ पनि काँग्रेस प्रवेश गरेका हुन् ।

उनीहरुलाई काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता प्रदान गरेका छन् । कार्यक्रममा उपसभापति बिमलेन्द्र निधिले पार्टीमा स्वागत गरे भने वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएका थिए । पूर्व बाणिज्य तथा आपुर्ति मन्त्रीसमेत रहेका धनकुटाका थापा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!