संगालोखबर सम्बाददाता

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण सोमबारको प्रदेश सभा बैठक स्थगित भएको छ । प्रदेश १ सरकार र मुख्यमन्त्रीको धरणा माग गर्दै काँग्रेस सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । अवरोधका कारण बैठक स्थगित भएको छ ।

Advertisement

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर बिरोध जनाएका थिए । अवरोध पछि सभामुख प्रदीपकुमार भण्डारीले एक जना प्रतिनिधिलाई धारणा राख्न अनुमति दिए । सो क्रममा बोल्दै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले काठमाडौंबाट अन्य जिल्लामा सीडीओको पासको भरमा जान पाउँने तर, प्रदेशका नागरिकहरु काठमाडौं जान नपाईराख्दा पनि प्रदेश सरकारले संघीय सरकारसँग कुरा उठाउँन नसकेको बताए । प्रदेशका नागरिकले दुःख पाउँदा प्रदेश सरकारले संघीय सरकारसँग कुरा गर्न नसकेको आरोप पनि लगाए । उनले काठमाडौं बाहिरका नागरिक कुन दर्ताका हुन् भन्दै यो बिषयमा मुख्यमन्त्री शेरधन राईको धारणा माग गरे ।

प्रदेशमा कोरोनाको स्थिती तथा खर्च सर्वजनिक गर्न र चालु बजेट अधिवेशनभित्रै प्रदेशको नाम ल्याउँने प्रतिवद्धता जनाउँन उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए । यातायात क्षेत्रका मजदुरको रोजगारी गुमेर सास्ती पाएको भन्दै उनले यो बिषयमा प्रदेश सरकारले केही नगरेको अरोप लगाए । सदनमा सांसदले उठाएका प्रश्नको सरकारले जवाफ दिन आनाकानी गर्ने गरेको भन्दै उनले समग्र उठाईएका बिषयमा मुख्यमन्त्रीको धारणा नआउँन्जेलसम्म काँग्रेसले सदन चल्न नदिने बताए ।

अवरोधपछि १० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु हुँदा पनि काँग्रेस सांसद उठेर बिरोध जारी राखेपछि सभामुख प्रदीपकुमार भण्डारीले मंगलबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!