- संगालोखबर सम्वाददाता

मोरङ । मोरङको भाउन्नेमा तरुण युवासँग नेपाली कांग्रेस बिषयक अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस तरुण बिभाग मोरङको आयोजनामा भएको कार्यक्रममा युवाहरुले नेताहरुसँग अन्तर्रक्रिया गरेका हुन् ।

Advertisement

युवाहरुलाई पार्टीले उचित स्थान दिएर अघि बढाउँनुपर्नेमा उनीहरुले जोड दिएका छन् । कार्यक्रममा कांग्रेस महासमिति सदस्य बसन्त भट्टराईले युवाहरुवीना पार्टी अपुरो हुँने भन्दै युवालाई पार्टीले उचित स्थान दिएर सँगसँगै अघि बढाउँने बताए । प्रदेश सांसद शेखरचन्द्र थापाले दरुण दलले पार्टीलाई अघि बढाउँन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

महासमिति सदस्य डा.सुनिल शर्माले युवाको आट र हिम्मतले आगामी निर्वाचनमा मोरङको ३ नम्बर क्षेत्रमा कांग्रेस बिजयी बन्ने दावी गरेका छन् । तरुण बिभाग प्रमुख एवं पार्टी जिल्ला सदस्य सञ्जय मण्डलले पार्टीका हर गतिबिधिमा युवाहरुले सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने बताए ।

नेपाली कांग्रेस तरुण बिभागले ३ नम्बर क्षेत्र स्तरीय गरेको अन्तरक्रियामा दर्जनौ तरुण युवाहरु सहभागि थिए । यसअघि मोरङका वाँकी ५ निर्वाचन क्षेत्रमा कार्यक्रम सम्पन्न भईसकेकाले योसँगै क्षेत्र स्तरीय अन्तर्रक्रिया कार्यक्रम सकिएको तरुण बिभागले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!