कांग्रेसले मोरङसहित ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्यायो
विराटनगर । नेपाली काँग्रेसले मोरङसहित ८ जिल्लाको पार्टी क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । २० जिल्लामा काँग्रेसको क्रियाशील सदस्यता विवाद थियो । त्यसमध्ये ८ जिल्लाको विवाद निरुपण गरिएको हो ।
मोरङ, काभ्रे, सिन्धुपाल्चोक, महोत्तरी, बाजुरा, कैलाली, बर्दिया र पर्साको क्रियाशील सदस्यता विवाद निरुपण भएको कांग्रेसले जनाएको छ । क्रियाशील छानविन समितिका सदस्यहरुले सहमति जुटाउँदै विवाद मिलाएका हुन् ।...





























