काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा बिजयी भएका छन् । मत परिणाम अनुसार थापाले ३,०२३ मत पाएका छन् । जुन कांग्रेस महाधिवेशनको सर्वाधिक मत हो ।
थापाको जति अन्य कुनैपनि उम्मेद्वारले मत पाएका छैनन् । सभापति शेरबहादुर देउवालाई पनि मतका हिसावले गगनले उछिनेका छन् । उनी डा.शेखर कोइरालाको प्यानलबाट उम्मेद्वार बनेका थिए ।
यता, १,९८४ मतसहित विश्वप्रकाश शर्मा पनिन महामन्त्रीमा बिजयी भएका हुन् । शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेद्वार बनेका थिए ।
महामन्त्री पदका उम्मेदवार डा.प्रकाशशरण महतले १,५५० मत, प्रदीप पौडेलले १,४०९ मत, डा. मिनेन्द्र रिजालले ८०९ मत र राजाराम कार्कीले १०७ मत पाएका छन् ।