संगालोखबर सम्बाददाता

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावल पार्टीको केन्द्रीय सल्लाहकार परिषद सदस्य बनेका छन् । पार्टीका निवर्तमान उपाध्यक्ष रहेका रावललाई एमालेले सल्लाहकारको जिम्मेवारी दिएको हो ।

Advertisement

एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उम्मेद्वार बनेका रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहिन थिए । अध्यक्ष ओली र रावलबीचको परामर्श बमोजिम उनलाई थप जिम्मेवारी प्रदान गरिने एमालेले जनाएको छ ।

अध्यक्ष पदमा पराजित भएपछि नेता रावलले आफु पाटीमै रहेर पार्टी भित्रका कमी कमजोरी सुधार्न लागिपर्ने बताएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!