विराटनगरमा मंसिर २२ गते काँग्रेसको प्रदेश सम्मेलन हुने
विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेशको सम्मेलन आगामी मंसिर २२ गते विराटनगरमा हुने भएको छ । प्रदेश सभापति उद्धव थापाको अध्यक्षतामा आज बसेको काँग्रेस प्रदेश समितिको पूर्ण बैठकले केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो ।
सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन तयारीका लागि क्रमशः महामन्त्री भूपेन्द्र रा...






























