पहिरोले बाग्लुङको दरमखोला थुनियो, मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडौं । बाग्लुङको रिघा-७ मनेवामा सुख्खा पहिरो खस्दा दरमखोला थुनिएको छ । साथै मध्यपहाडी लोकमार्ग समेत अवरुद्ध भएको छ ।जलविद्युत आयोजनाका लागि बाटो खन्ने क्रममा डिस्को नै खसेर नदी थुनिएको हो । झण्डै चार घण्टासम्म खोला थुपिएपछि ठूलो ताल बनेको छ ।
अहिले भने त्यसमाथिबाट विस्तारै पानी बग्न थालेको खबर आएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले बताए । उनले भने, ‘माथिबाट पानी फ्लो भएर जान थालेको छ । अह...
