काठमाडौं । एक जमानामा तहल्का मच्चाएको नोकियाको मोबाइल फोन ३३१० फेरी एक पटक फेरि बजारमा आएको छ । करिव १७ वर्ष पहिले लञ्ज भएको र विश्वमा सबैभन्दा धेरै विक्री भएको यो फोन नयाँ भर्सनमा लञ्ज गरिएको हो ।

यो फोन २००५ मा बन्द भएको थियो । यद्यपि यसअघि यो फोन १२.६ करोड युनिट बिकेको नोकियाले दाबी गरेको थियो । नोकियाको ब्राण्ड अब फिनल्याण्डको स्टार्टअप कम्पनी एचएमडीसँग छ । एचएमडीले ३३१० को नयाँ भर्सनसँगै तीन अरु एन्ड्रोयड फोन पनि लञ्ज गरेको छ ।

नोकिया ३३१० बलियो र स्नेक गेमका लागि चिनिन्छ । ३३१० स्मार्टफोन नभई फिचर फोन नै हो । यसमा सीमित इन्टरनेट सेवा राखिएको छ । यो एस ३०ं अपरेटिङ सिस्टममा चल्नेछ । यसमा २.५ जीको सुस्त गतिको कनेक्टिभिटी हुनेछ ।

यसमा दुई मेगाफिक्सलको एउटा क्यामेरा पनि राखिएको छ । यो फोनले एक महिनाको स्ट्याण्डबाइ टाइम दिनेछ । यसमा २२ घन्टासम्म कुराकानी गर्न सकिनेछ । यसको ब्याटी निकै पावरफुल मानिएको छ । यसमा स्नेक गेमको नयाँ भर्सन पनि राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!