काठमाडौं । जाजरकोटको भेरीमालिका नगरपालिका-४, बोहराकी २४ वर्षीया राधिका सुनारको २२ माघमा बलात्कारपछि प्रहरी जवानले हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान कमल सुनारले ती महिलालाई प्रेमजालमा पारेर घरबाट एक किलोमिटर टाढा पासागाढ खोलामा लगी बलात्कारपश्चात् हत्या गरेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। हत्यामा संलग्नलाई सर्वस्वसहित आजीवन कारावासको सजाय मागदाबी गर्दै प्रहरीले शुक्रबार जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।

मृतकका पति दलबहादुर सुनार नेपाली सेनामा कार्यरत छन्। श्रीमान् घरमा नभएको मौका छोपी अवैध यौन सम्बन्ध राख्दै आएका कमललाई विवाह गर्न राधिकाले दबाब दिएपछि हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

‘अवैध सम्बन्ध भएको श्रीमानले  थाहा पाएपछि उनले राधिकालाई जोसँग सम्बन्ध छ, उसैसँग पोइल जा भनेर बारम्बार कुटपिट गर्ने गरेका थिए। प्रहरी जवान कमललाई विवाह गर्न दबाब दिएपछि बिहे गर्नुभन्दा मारिदिए उन्मुक्ति पाइएला भनी हत्या गरेको पाइयो,’ प्रहरी नायब उपरीक्षक भावेश रिमालले भने, ‘यो सबै मोबाइलको कलडिटेलबाट खुलेको हो।’ जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटमा कार्यरत प्रहरी जवान सुनारले बयानका क्रममा अपराध स्विकारेका छन् ।

प्रहरीका अनुसार राधिकाको पेटमा छुरा प्रहार गरी हत्या गरिएको हो। महिलाको पेटमा छुरा रोपिएको र हातका औंला काटिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!