काठमाडौं । स्थानीय तहको निर्वाचनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका पछि सारेको छ ।

Advertisement

राष्ट्रिय परीक्षा बोर्डका कार्यकारी निर्देशक डिल्लीराम रिमालका अनुसार अब कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म हुनेछ । यसअघि वैशाख २४ देखि ११ कक्षाको जाँच हुने भनिएको थियो ।

कक्षा १२ को परीक्षा तालिका भने चुनावका कारण प्रभावित नहुने रिमालले बताए । उनले भने-कक्षा १२ को परीक्षा पूर्व निर्धारित मितिभित्रै सकिन्छ । कक्षा ११ को चाहिँ चुनावका कारण प्रभावित हुने भएकाले सारिएको हो ।’

कक्षा १२ को परीक्षा वैशाख १० देखि २२ सम्म तय भएको छ ।

सरकारले स्थानीय चुनावको मिति वैशाख ३१ गते तोकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!