काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधानका लागि व्यवस्थित बसोबास आयोग गठन गरेको छ। आयोगले आवश्यक अध्ययनपछि सुकुम्बासीलाई अहिले बसोबास गरिरहेकै स्थानको लालपूर्जा दिनेछ ।

Advertisement

व्यवस्थित बसोबास आयोग गठन गर्न भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले मन्त्रिपरिषदबाट ९ फागुनमा स्वीकृत गराएका थिए । राजपत्रमा प्रकाशित भएपछि बसोबास आयोगको कामले तीव्रता पाउने भूमिसुधार तथा व्यवस्था मन्त्रालयका उपसचिव गोपाल गिरीले बताए । यसअघि सुकुम्बासी समस्या समाधान गर्न १२ वटा आयोग गठन भएका थिए ।

अहिले गठन भएको व्यवस्थित बसोबास आयोग १३ औं आयोग हो । बसोबास आयोगले बसिरहेको स्थानमा लालपूर्जा दिएपछि अर्को ठाउँमा जग्गा फेला परे जफत हुने भएको छ। जग्गाको लालपूर्जा स्थलगत रुपमा अध्ययन गरेरमात्र दिइने योजना बनाइएको नयाँ पत्रिकामा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!