भक्तपुर – भक्तपुरस्थित सानोठिमी क्याम्पस प्रमुखको कार्यकक्षमा गएराति आगजनी भएको छ ।
आगलागीबाट महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । राजधानीसहित देशका विभिन्न क्याम्पसमा स्ववियू निर्वाचन प्रभावित भएको भएपनि उक्त क्याम्पसमा भने बुधबार निर्वाचन हुँदैछ ।

Advertisement

आगलागी भएपनि निर्वाचनसँग सम्वन्धित सबै कागजात सुरक्षित रहेकाले भोलिको स्ववियु चुनाव नरोकिने क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले जानकारी दिए ।
आगलागी कसरी भयो भन्ने अहिलेसम्म खुल्न नसकेको भएपनि विद्यार्थी संगठनहरुले एक अर्कालाई घटनामा दोषी देखाउन खोजेका छन् ।
सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी (प्रचण्ड) र नेविसंघले संयुक्त प्यानल बनाएको छ । यसैगरी एमाले निकट अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) ले संयुक्त गठवन्धन बनाएको छ ।

आफू हार्ने निश्चित भएपछि अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारीले गएराति क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेको अखिल क्रान्तिकारी (प्रचण्ड)का केन्द्रिय सदस्य रामप्रसाद ढकालले आरोप लगाए ।
तर, एमाले भक्तपुरका प्रचार विभाग प्रमुख श्याम सुन्दर बस्नेतले अनेरास्ववियु र सिंगो एमालेको बदनाम गर्न खोजिएको भन्दै उक्त आरोपको खण्डन गरे ।
यता महानगरिय प्रहरीवृतले ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले आगो लागेको हो वा लगाइएको भन्नेबारेमा बारेमा अनुसन्धान भइरहेको बताए । रातो पाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!