काठमाडौं । अन्तरराष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइवीले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको हो ।

Advertisement

सीआइबीका अनुसार उनीहरु ५५ दिनअघि बरामद साढे ३३ किलो सुन तस्करीमा संलग्न थिए । पक्राउ परेका मध्ये केहीले भारतमा सुन पठाउने र केहीले नेपालकै सुन पसलमा बेच्दै आएका थिए ।

उनीहरुको अनुसन्धानबाट सुन पसलको पहिचान खुल्ने प्रहरीलाई उधृत गर्दै नयाँ पत्रिकाले लेखेको छ । यसैवीच सुन तस्करीको आरोपमा समातिएका एसएसपी श्याम खत्री पनि अहिलेसम्म सीआएबीको हिरासतमै छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!