त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेद क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत्र १ गते सम्पन्न हुने भएको छ। आज क्याम्पसमा ५ विद्यार्थी सङ्गठनहरु बीच भएको छलफलबाट निर्वाचनको मिति पूनः घोषणा भएको हो।

Advertisement

फागुन १८ गते नै संचालन हुनुपर्ने स्ववियु निर्वाचनको कार्यक्रममा आफ्नो असन्तुष्टि व्यक्त गर्दै अनेरास्ववियु, नयाँ शक्ति, (क्रान्तिकारी) लगायतको प्यानलले फागुन १७ गते दिउँसो निर्वाचन समितिको कार्यलयको कोठामा तालाबन्दी गरेको थियो ।

नेपाल विद्यार्थी संघका समर्थित विद्यार्थीहरु प्रशन्न नेपाल र सुशान्त भण्डारी बिहानै देखि रिले अनसनमा बसेका थिए । निर्वाचनको मिति सार्वजनिक भए पश्चात् अनसन तोड्दै अनसनकर्ता प्रशन्न नेपालले स्ववियु निर्वाचन रोकिएका अन्य क्याम्पसहरुमा पनि पुनः निर्वाचन संचालन गर्न आह्वान समेत गरेका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!