मोरङको धनपालथानबाट अबैध चिनीसहित चार जना पक्राउ, सुनबर्सीबाट ट्याक्टर नियन्त्रणमा

मोरङको धनपालथानबाट अबैध चिनीसहित चार जना पक्राउ, सुनबर्सीबाट ट्याक्टर नियन्त्रणमा

मोरङ । मोरङको धनपालथान गाउँपालिका–४ बाट भन्सार चोरी पैठारी गरी ल्याईएको २ हजार ४६० किलो चिनीसहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमवार साँझ साँढे ६ बजे करिब १ लाख ४७ हजार मूल्य बराबरको चिनीसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रंगेली नगरपालिका–१ का २१ बर्षीय अभिषेक कुमार साह, धनपालथान गाउँपालिका–१ का १७ बर्षीय दिपक कुमार मण...
बिराटनगरमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बिराटनगरमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ । बिराटनगर–१५ मा सोमबार साँझ मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बेलुका ७ बजे मे.७ प.६३३२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा पैदल हिडिरहेकी स्थानीय बिखिया देविको मृत्यु भएको हो । ठक्करबाट गंभीर घाईते भएकी उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारका क्रममा राती १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक रतुवामाई–७ का बिक्...
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

बिराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी दिन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशको तराईका अधिकांश भू–भागमा कुहिरो र हुस्सु लागेको छ । मंगलबार दिउँसो प्रदेश नं १, प्रदेश २ तथा बागमती प्रदेशमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राती प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागहरुमा आँ...
प्रदेश १ मा थपिए ९९ कोरोना संक्रमित, २०८ डिस्चार्ज

प्रदेश १ मा थपिए ९९ कोरोना संक्रमित, २०८ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा सोमबार ९९ जना कोरोना संक्रमित थपिएका छन् । ६४४ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा ३२, सुनसरीमा ३०, झापामा २१, इलाममा ९, सोलुखुम्वुमा ३, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटामा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १३, केराबारीमा ६, सुन्दरहरैचामा ५, रंगेली, बुढीगंगा, रतुवामाई, बेलबारी र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका ३ जना...
धनकुटामा आईपुग्यो पीसीआर मेसिन, अब जिल्लामै कोरोना परीक्षण हुँने

धनकुटामा आईपुग्यो पीसीआर मेसिन, अब जिल्लामै कोरोना परीक्षण हुँने

धनकुटा । लामो समयको प्रतिक्षापछि धनकुटामा पीसीआर मेसिन आईपुगेको छ । नेपालमा कोरोना संक्रमण फैलिएको आठ महिनापछि धनकुटामा पहिलो पटक पीसीआर मेसिन ल्याईएको हो । पीसीआर मेसिन आईपुगेकाले अब धनकुटामै कोरोना परीक्षण गरिने जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माले बताए । ‘मंगलबार स्वाब संकलन गर्ने र बुधबारबाट धनकुटामै पीसीआर परीक्षण गर्ने तयारी गरेका छौ ।’ डा.विश्वकर्माले संगालोखबरसँग भने–‘अब धनकुटाम...
प्रधानमन्त्रीले संबिधान असफल पार्न खोज्दैछन्: थापा

प्रधानमन्त्रीले संबिधान असफल पार्न खोज्दैछन्: थापा

धनकुटा । नेपाली काँग्रेसका सह–महामन्त्री सुनिलवहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान असफल पार्न खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेस धनकुटाले सोमवार जिल्ला सदरमुकाममा गरेको बिरोध प्रदर्शनपछि बसपार्कमा आयोजित सभालाई संबोधन गर्दै थापाले यस्तो बताएका हुन् । काँग्रेसका तत्कालित सभापति सुसिल कोईराला प्रधानमन्त्री भएका बेला संबिधान जारी भएकाले प्रधानमन्त्री ओलीले यो संबिधानलाई आसफल ...
धनकुटामा पनि सरकारबिरुद्ध काँग्रेसको प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

धनकुटामा पनि सरकारबिरुद्ध काँग्रेसको प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

धनकुटा । नेपाली काँग्रेसले धनकुटामा पनि सरकारबिरुद्ध प्रदर्शन गरेको छ । सरकारबिरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिएको काँग्रेसले धनकुटा सदरमुकाममा पनि प्रदर्शनसहित कोणसभा गरेको हो । सयौंको संख्यामा भेला भएका काँग्रेस नेता, कार्यकर्ताले जुलुशसहित धनकुटा बजारको परिक्रमा गरेका छन् । तानासाही ओली सरकार मुर्दावाद, हत्या हिंसा बलात्कार नेकपाको उपहार, भ्रष्ट सरकार होसियार जस्ता नारा लगाउँदै उनीहरुले बजार...
कुमारी बैंकको साधारण सभा: शेयरधनीलाई १०.८५ प्रतिशत बोनस शेयर वितरण गरिने

कुमारी बैंकको साधारण सभा: शेयरधनीलाई १०.८५ प्रतिशत बोनस शेयर वितरण गरिने

काठमाडौं । कुमारी बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । साधारण सभाले शेयरधनीहरुलाई गत आर्थिक बर्षको लागि १०.८५ प्रतिशत बोनस शेयर तथा ...
पाँचथरमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

पाँचथरमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१ स्थित बतासे खोल्सीमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मे.१ त.४१८५ नम्बरको ट्याक्टर पल्टिँदा सुनसरीको झुम्काका २६ बर्षीय चालक सन्तोष लम्जेलको मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका चालक लम्जेललाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो । अस्पतालमा डाक्टरले विहान करिब १० बजे उनलाई मृत घोषित गरेका हुन् ।
काठमाडौंमा यो बर्षकै सबैभन्दा धेरै चिसो महसुस

काठमाडौंमा यो बर्षकै सबैभन्दा धेरै चिसो महसुस

काठमाडौं । उपत्यकामा सोमबार यो वर्षकै सबैभन्दा बढी चिसो महसुुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार काठमाडौंको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस मापन गरिएको छ । जुन यो वर्षकै सबैभन्दा कम तापक्रम हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री र अधिकतम तापक्रम २१.६ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि आइतबार काठमाडौँको न्यूनता तापक्रम ४...
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाँउपालिका–६ सुकुम्बासी टोलमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज बिहान साँढे ५ बजे जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ३२ बर्षीय प्रमोद यादवको मृत्यु भएको हो । गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धनकुटाका मगरको मलेसियामा मृत्यु

धनकुटाका मगरको मलेसियामा मृत्यु

धनकुटा । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका धनकुटाको चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाका भीमबहादुर मगरको मृत्यु भएको छ । मलेशियाको क्वालालम्पुरमा सुरक्षागार्डको काम गर्दै आएका कुरुलेतेनुपास्थित सोगुमका ४२ बर्षीय मगरको शनिवार बिहान मृत्यु भएको हो । दुई साता यता बिरामी भएका मगरको शनिवार बिहान करिब ८ बजे मृत्यु भएको बैदेशिक रोजगारीकै शिलसिलामा मलेसियामा रहेका तेह्रथुमका छत्र लकाई खड्काले स...
प्रदेश १ मा ६२ संक्रमित थपिए

प्रदेश १ मा ६२ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आईतबार ६२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३१, झापामा १८, सुनसरीमा ५, तेह्रथुम, ताप्लेजुङ र उदयपुरमा २/२, संखुवासभा र भोजपुरमा १/१ जना थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १६, बेलबारीमा १२, सुन्दरहरैंचामा २ र रतुवामाईमा १, झापाको विर्तामोडमा ६, दमकमा ४, गौरादहमा ३, शिवसताक्षीमा २, गौरीगञ्ज, मेचीनगर र कमल गाउँपालिकामा १/१ जनामा संक्रमण देखिए...
पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो

काठमाडौं । पेट्रोल डिजेल र मटितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले आईतबारबाट लागु हुनेगरी मूल्य बढाएको हो । निगमले पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ । त्यस्तै, डिजेल र मटितेलमा दुई रुपैयाँका दरले मूल्य बृद्धि भएको निगमले जनाएको छ । अब, पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १०८ रुपैयाँ पुगेको छ । डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ कायम भएको छ । आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुस...
छथर जोरपाटी गाउँपालिकाले छात्रालाई बाढ्न थाल्यो सेनिटरी प्याड

छथर जोरपाटी गाउँपालिकाले छात्रालाई बाढ्न थाल्यो सेनिटरी प्याड

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले छात्राहरुलाई सेनिटरी प्याड वितरण गर्न थालेको छ । गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत महिनावारीको उमेर भएका छात्राहरुलाई सेनिटरी प्याड बितरण गर्न थालिएको हो । महिनावारीका बेला प्याड अभावमा बिद्यालय नआउने र उचित प्याड प्रयोग गर्न नपाउँदा पाठेघरको मुखको क्यानसर हुँने संभावना भएकाले प्याड वितरण गर्न थालिएको गाउँपालिका उपाध्यक्ष भीमकला श...
प्रदेश १ मा २ लाखको कोरोना परीक्षण, २८ हजारमा संक्रमण

प्रदेश १ मा २ लाखको कोरोना परीक्षण, २८ हजारमा संक्रमण

विराटनगर । प्रदेश १ मा शनिवारसम्म २ लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिए । परीक्षणमा २८ हजार ८१२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २३ हजार ५८२ जना निको भएका छन् । वीपी कोइराला स्वास्थ्य वि...
नेपालमा पश्चिमी वायुको प्रभाव, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

नेपालमा पश्चिमी वायुको प्रभाव, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

बिराटनगर । अहिले देशमा पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जल तथा मौसम बिज्ञान बिभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का/बर्षा हिमपात र प्रदेश १ को पहाडी भू...
प्रदेश १ मा ७२ कोरोना संक्रमित थपिए, ८६ डिस्चार्ज

प्रदेश १ मा ७२ कोरोना संक्रमित थपिए, ८६ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार ७२ जना कोरोना संक्रमित थपिएका छन् । ५ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २ तथा खोटाङ, इलाम र ओखलढुङ्गामा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १५, रतुवामाईमा ५, कानेपोखरीमा २, रंगेली, कटहरी, बेलबारी, सुन्दरहरैचा, ग्रामथान र पथरीशनिश्चरेमा १/१ जना कोरोना संक्रम...
झापामा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

झापामा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका–१ सालवारीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराती करिव १० बजे मोटरसाईकलले ठक्कर दिँदा स्थानीय ३३ बर्षीय ललित चौधरीको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे.११ प.६२५२ नम्बरको मोटरसाईकलले बाटो छेउमा बसिरहेका चौधरीलाई ठक्कर दिँदा उनी गंभीर घाईते भएका थिए । घाईते उनलाई उपचारका लागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल लगिएको थियो । उपचारकै क...
कोरोनाविरुद्धको खोप किन्न दातासँग हात फैलाउँदै सरकार

कोरोनाविरुद्धको खोप किन्न दातासँग हात फैलाउँदै सरकार

काठमाडौं । कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्ति र संस्थागत सहयोग उठाउने भएको छ । यसअघि निष्क्रिय राष्ट्रिय खोप कोष नियमावलीमा रहेको व्यवस्था कार्यान्वयन गर्दै सहयोग जुटाउन लागिएको हो । कोषमा सरकारले निश्चित रकम राखेर दाताहरुलाई सहयोगका लागि आह्वान गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने दातृ निकायहरुलाई आग्रह गरिसकेका छौँ,’ मन्त्रालयका ...
संखुवासभाका कोरोना संक्रमित बृद्धको मृत्यु

संखुवासभाका कोरोना संक्रमित बृद्धको मृत्यु

संखुवासभा । संखुवासभाका एक कोरोना संक्रमित बृद्धको उपचारका क्रममा बिहिबार मृत्यु भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सभापोखरी–१ का ७५ बर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु भएको हो । मंसिर १० गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा बिहिबार दिउँसो १२ः३० बजे उनको मृत्यु भएक...
प्रदेश १ मा १६३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा १६३ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बिहिबार १६३ जना कोरोना संक्रमित थपिएका छन् । ९३४ जनाको पीसीआर परीक्षण गर्दा सुनसरीमा ६१, मोरङमा ५५, झापामा ३४, ताप्लेजुङमा ५, संखुवासभा र धनकुटामा २–२ तथा खोटाङ, उदयपुर, इलाम र पाँचथरमा १–१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ३१, धरानमा १८, बर्जुमा ४, इनरुवा र रामधुनीमा ३–३, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ...
पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु, युवती गम्भीर घाइते

पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु, युवती गम्भीर घाइते

पाँचथर । मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा हिलिहाङ –१ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ–२ की अन्दाजी २० वर्षीया मुना पाख्रिन  छिन् । मेची राजमार्गअन्तर्गत हिलिहाङ–१ दुवीचौरमा सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा मे. ४ प. ८९४ नंम्बरको मोटरसाइकलसहित उनीहरुलाई स्थानीय...
७० वर्षीया बृद्धाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ

७० वर्षीया बृद्धाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ

झापा । झापामा ७० वर्षीया बृद्धाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–४ रंगेडाँडाका ३५ वर्षीय विशाल बिर्जा छन् । बुधबार राती अर्जुनधारा गाउँपालिका–११ की बृद्धाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । बिर्जाले बिहीबार बिहान सेनाको ब्यारेक अगाडि राजमार्गमा रहेको कल्भर्टमा महिलाको शव भेटिएको भन्दै चारआली प्रहरी चौकीमा खबर गरेका थ...
यस्तो रहनेछ आगामी तीन दिनको मौसम

यस्तो रहनेछ आगामी तीन दिनको मौसम

बिराटनगर । अहिले प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकि भू–भागहरुमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान बिभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव छ । बिहिबार दिउँसो प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य ...
धनकुटामा डाईस खेलाउँदै गर्दा चार जना पक्राउ, डेढ लाख नगद बरामद

धनकुटामा डाईस खेलाउँदै गर्दा चार जना पक्राउ, डेढ लाख नगद बरामद

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ गोलखाडीमा डाईस खेलाउँदै गरेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गोलखाडीस्थित सडकमा पैसाको खाल थालेर डाईस खेलाईरहेको अवस्थामा गएराती प्रहरीले एक महिला र तीन पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा साँगुरीगढी–७ का प्रतिभा राई, साँगुरीगढी–९ का सुजन राई तथा धरानका प्रदिप राई र मिनकुमार राई छन् । पैसाको खाल राखेर जुवा जन्य खेल डाइस खेलाईरहेको अ...
राजतन्त्र फर्कने कल्पना गर्नु बेकार: चेम्जोङ्ग

राजतन्त्र फर्कने कल्पना गर्नु बेकार: चेम्जोङ्ग

धनकुटा । जनता समाजवादी पार्टीका केन्द्रिय नेता एवं विदेश विभाग प्रमुख रकम चेम्जोङ्गले राजतन्त्र फर्कने कल्पना गर्नु बेकार भएको वताएका छन् । जनता समाजवादी पार्टीले वुधवार धनकुटामा गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता चेम्जोङ्गले यस्तो वताएका हुन् । पूर्व शान्ती मन्त्रीसमेत रहेका चेम्जोङ्गले मुलुकको राजनीति निराशाजनक अवस्थामा गुज्रिरहेका बेला देशी विदेशी शक्तिहरुको चलखेलमा राजावादीहरु सल्वलाए पनि ...
प्रदेश १ मा थपिए ८२ कोरोना संक्रमित, ६२ डिस्चार्ज

प्रदेश १ मा थपिए ८२ कोरोना संक्रमित, ६२ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बुधबार ८२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६, मोरङमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, र ताप्लेजुङमा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको भद्रपुर र दमकमा ७/७, विर्तामोडमा ६, कमल गाउँपालिकामा ४, मेचीनगरमा ३, अर्जुनधारा र शिवसताक्षीमा २/२, बुद्धशान्ति र बाह्रदशीमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस...
मोरङ र सुनसरीबाट लागुऔषधसहित पाँच जना पक्राउ

मोरङ र सुनसरीबाट लागुऔषधसहित पाँच जना पक्राउ

बिराटनगर । मोरङ र सुनसरीका बिभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले दुई जना र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली बसपार्कबाट सुनवर्सी नगरपालिका–९ का २४ बर्षीय कुन्दन सहनी र १९ बर्षीय आदर्श दासलाई लागुऔषध नाईट्राभेट १ हजार २ सय ट्याब्...
झापामा प्रहरीद्वारा १२ बर्षे बालिकामाथि बलात्कार प्रयास

झापामा प्रहरीद्वारा १२ बर्षे बालिकामाथि बलात्कार प्रयास

झापा । झापाको गौरीगन्ज गाउँपालिका–२, कोरोबारीमा सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सूर्य कटुवालले एक बालिकामाथि बलात्कार प्रयास गरेको आरोप लागेको छ । सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) अन्तर्गत कोरोबारीमा सीमा सुरक्षामा खटिएका असई कटुवालले स्थानीय १२ बर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोप लागेको हो । घटना आईतबार रातीको हो । राति करिब साढे ९ बजे मादक पदार्थ सेवन ग...
फिदिमको एक घरमा आगलागी

फिदिमको एक घरमा आगलागी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ का सोमनाथ ढकालको घरमा आगलागी भएको छ । मङ्गलबार साँझ करिब ६ बजे विद्युत सर्ट भई घरमा आगो लागेको हो । आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामान, करिब एक लाख नगद र पाँच तोला सुनसमेत जलेको बताईएको छ । आगलागीबाट १३ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फिदिम नगरपालिकाका दुई वटा वारुण यन्त्रको सहायता...
error: Content is protected !!