विराटनगर । प्रदेश १ मा बुधबार ८२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६, मोरङमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, र ताप्लेजुङमा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको भद्रपुर र दमकमा ७/७, विर्तामोडमा ६, कमल गाउँपालिकामा ४, मेचीनगरमा ३, अर्जुनधारा र शिवसताक्षीमा २/२, बुद्धशान्ति र बाह्रदशीमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै मोरङको विराटनगरमा ९, बेलबारीमा २, सुनबर्षी, पथरीशनिश्चरे, सुन्दरहरैंचामा र उर्लाबारीमा १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।
यता, इलामको सुर्योदयमा ६, इलाम नगरपालिकामा ५, चुलाचुली र स्थाानीय तह नखुलेका १/१, सुनसरीको धरान र इटहरीमा ४/४, इनरुवामा ३, रामधुनीमा १, संखुवासभाको खाँदबारीमा ३, उदयपुरको त्रियुगामा २, र ताप्लेजुङमा १ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ५०२ पुगेको छ । जसमध्ये २३ हजार ४०५ जना निको भईसकेका छन् ।
प्रदेश १ मा आज ६२ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ३६ जना निको भएका हुन् । त्यस्तै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, महालक्ष्मीको जीतपुर आईसोलेसन धनकुटाबाट ८ र विराट मेडिकल कलेजबाट ४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।