संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले छात्राहरुलाई सेनिटरी प्याड वितरण गर्न थालेको छ । गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत महिनावारीको उमेर भएका छात्राहरुलाई सेनिटरी प्याड बितरण गर्न थालिएको हो ।

Advertisement

महिनावारीका बेला प्याड अभावमा बिद्यालय नआउने र उचित प्याड प्रयोग गर्न नपाउँदा पाठेघरको मुखको क्यानसर हुँने संभावना भएकाले प्याड वितरण गर्न थालिएको गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठले बताईन् । पालिका क्षेत्रका २८ सामुदायिक विद्यालय मध्ये १३ वटा विद्यालयका १० बर्ष माथि उमेरका छात्राहरुलाई प्याड वितरण गरिदैछ ।

मुख्यगरी ५ देखि १२ कक्षासम्मका छात्राहरुलाई प्याड वितरण भईरहेको भएपनि अन्य कक्षामा अध्ययनरत १० बर्षमाथिका छात्रा भएमा उनीहरुलाई पनि वितरण गरिनेछ । १३ विद्यालयका ८ सय ७६ छात्रालाई मासिक २ वटाका दरले प्याड वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!