
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पनि चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी एकैदिन दुई सय ७० रुपैयाँले बढेर प्रतितोला चार हजार आठ सय ३५ रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला चार हजार पाँच सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













