संगालोखबर सम्वाददाता

बिराटनगर । अहिले देशमा पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जल तथा मौसम बिज्ञान बिभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ ।

Advertisement

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का/बर्षा हिमपात र प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । राती प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागमा आंशिक बदली रहनेछ । हिमाली भू–भागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभावना छ ।

आईतबार दिउँसो प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभावना छ । राती प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

सोमबार दिउँसो देशको पहाडि भू–भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ । राती देशको पहाडि भू–भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । आगामी २४ घण्टामा पहाडी भेगका केहि स्थानहरुमा हल्का वर्षासंगै हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेकाले देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आई चिसो बढ्ने महाशाखाको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!