संगालोखबर सम्वाददाता

मोरङ । मोरङको धनपालथान गाउँपालिका–४ बाट भन्सार चोरी पैठारी गरी ल्याईएको २ हजार ४६० किलो चिनीसहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमवार साँझ साँढे ६ बजे करिब १ लाख ४७ हजार मूल्य बराबरको चिनीसहित उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा रंगेली नगरपालिका–१ का २१ बर्षीय अभिषेक कुमार साह, धनपालथान गाउँपालिका–१ का १७ बर्षीय दिपक कुमार मण्डल, १८ बर्षीय अर्जुन कुमार मण्डल र १९ बर्षीय रुपेश मण्डल छन् । चिनी ओसार पसारमा प्रयोग भएको को.१८ प.५७४३ नम्बर, को.२२ प.१६४४ नम्बर र को.११ प. ६६५९ नम्बरको मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तैगरी सुनवर्सी नगरपालिका–७ बाट अबैध रुपमा चोरी पैठारी गरी ल्याउदै गरेको करिब १६ लाख मुल्य पर्ने अनटेष्ट ट्याक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीले सोमवार राती करिब ८ बजे ट्याक्टर नियन्त्रणमा लिएको हो ।

बरामद चिनी र ट्याक्टरलाई कारवाहीका लागि मुल भन्सार कार्यालय रानी बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!