संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा बिहिबार १६३ जना कोरोना संक्रमित थपिएका छन् । ९३४ जनाको पीसीआर परीक्षण गर्दा सुनसरीमा ६१, मोरङमा ५५, झापामा ३४, ताप्लेजुङमा ५, संखुवासभा र धनकुटामा २–२ तथा खोटाङ, उदयपुर, इलाम र पाँचथरमा १–१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

सुनसरीको इटहरीमा ३१, धरानमा १८, बर्जुमा ४, इनरुवा र रामधुनीमा ३–३, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१, मोरङको विराटनगरमा १७, केराबारीमा १५, उर्लाबारीमा ८, बुढीगंगामा ५, बेलबारीमा ३, लेटाङमा २, कटहरी, पथरीशनिश्चरे र कानेपोखरीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ । झापाको विर्तामोडमा १२, दमकमा १०, शिवसताक्षी र हल्दिबारीमा ३–३, कनकाई र कमल गाउँपालिकामा २–२, मेचीनगर र अर्जुनधारामा १–१, ताप्लेजुङको फुङलिङमा २, मिक्वाखोला, श्रीजंगा र फक्ताङलुङमा १–१ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

धनकुटाको धनकुटा नगरपालिका र चौविसे गाउँपालिकामा १–१, संखुवासभाको सिलिचोङ र सभापोखरीमा १–१, खोटाङको साकेला, उदयपुरको बेलका, इलामको माई र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ६ सय ७७ पुगेको छ । जसमध्ये २३ हजार ४ सय ५२ जना निको भएका छन् ।

यसैबीच, प्रदेश १ मा बिहिबार ४९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २१, विराट सामुदायिक भवन आईसोलेसनबाट १०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९, मेची अस्पतालबाट ४, मारवाडी सेवा सदन आईसोलेसनबाट २, विराट मेडिकल कलेज, न्युरो अस्पताल र कालिसदन आईसोलेसनबाट १–१ जना डिस्चार्ज भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!