संगालोखबर सम्वाददाता

बिराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी दिन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशको तराईका अधिकांश भू–भागमा कुहिरो र हुस्सु लागेको छ ।

Advertisement

मंगलबार दिउँसो प्रदेश नं १, प्रदेश २ तथा बागमती प्रदेशमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राती प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

बुधबार दिउँसो प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू–भागहरुमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राती देशको पहाडी भू–भागहरुमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

बिहिबार दिउँसो देशको पहाडी भू–भागहरुमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राती देशको पहाडि भू–भागहरुमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टामा तराईका अधिकांश भु–भागहरुमा तथा पहाडका केही भू–भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!