संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा शनिवारसम्म २ लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिए ।

Advertisement

परीक्षणमा २८ हजार ८१२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २३ हजार ५८२ जना निको भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सवैभन्दा बढीको कोरोना परीक्षण गरेको छ । उसले ६३ हजार ९२६ जनाको परीक्षण गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ४८ हजार ७४४, कोशी अस्पतालले ४१ हजार ९ सय, नोवेल मेडिकल कलेजले १८ हजार ७३०, मेची अस्पतालले १० हजार ९५८, कनकाई पीसीआर प्रयोगशालाले ६ हजार ९८३, विराट मेडिकल कलेजले ४ हजार १४६, न्युरो अस्पतालले २ हजार ८३२ र अन्य प्रयोगशालाहरुमा १ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

२४ घण्टामा ५६ संक्रमित थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जना कोरोना संक्रमित थपिएका छन् । ४६२ जनाको परीक्षण गर्दा झापा र सुनसरीका २०/२०, मोरङका १०, इलामका ४ र संखुवासभाका २ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

झापाको दमकमा ६, कनकाईमा ३, कचनकवल, मेचीनगर र बुद्धशान्तिमा २/, बाह्रदशी, भद्रपुर, हल्दिबारी, विर्तामोड र गौरादहमा १/१, सुनसरीको इटहरीमा १२, धरानमा ६, रामधुनी र इनरुवामा १/१, मोरङको विराटनगरमा ४, सुन्दरहरैंचा र उर्लाबारीमा २/२, पथरीशनिश्चरे र सुनबर्षीमा १/१, इलामको रोङमा २, इलाम नगरपालिका र सुर्योदयमा १/१ र संखुवासभाको धर्मदेवीमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैबीच, प्रदेश १ मा शनिवार ४५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ११, विराट मेडिकल कलेजबाट १०, बेलबारी आईसोलेसनबाट ४, विराट सामुदायिक भवन आईसोलेसनबाट ३, न्युरो अस्पताल र झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्रबाट २/२ जना डिस्चार्ज भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!