सन्तोष सुवेदी/संगालोखबर
धनकुटा बजार

धनकुटा । धनकुटामा नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ११ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू सहभागी बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ६, समानुपातिकतर्फ ४ र राष्ट्रिय सभाका लागि १ जनाको नाम सिफारिस गरेको हो ।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ धर्मराज पौडेल, शम्भु राई, टेकनाथ (टिएन) आचार्य, नगेन्द्र विश्वकर्मा, विष्णुमाया कन्दङ्वा र लोकेन्द्र राईको नाम सिफारिस गरेको छ ।

Advertisement

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पौडेल २०४९ सालमा नेकपा एमालेबाट जिल्ला विकास समितिको सभापति भइसकेका व्यक्ति हुन । २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका पौडेल माओवादी नेता हरिराज खेवासँग पराजित भएका थिए ।

यस्तै शम्भु राई वरिष्ठ गायक तथा चर्चित संगितकार हुन् । धनकुटाको पाख्रीबास नगरपालिका-१० चुम्माङ्ग जन्मथलो रहेका राई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य छन् ।

आचार्य साविक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन भने विश्वकर्मा र कन्दङ्वा साविक नेकपा माओवादी केन्द्रकै प्रदेश कमिटी सदस्य छन् । यस्तै लोकेन्द्र राईलाई पार्टीको नीति अनुरूप नवयुवकको रूपमा सिफारिस गरिएको नेता कुसुम कुमारी श्रेष्ठले जानकारी दिइन् ।

त्यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ धनमाया विश्वकर्मा, कुसुम कुमारी श्रेष्ठ, गोपाल बराइली र सरिता बराइलीको नाम सिफारिस गरिएको छ । विश्वकर्मा साविक नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व शिक्षा राज्यमन्त्री हुन भने श्रेष्ठ साविक नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा धनकुटा संयोजक र निवर्तमान प्रदेश सभा सदस्य हुन् । श्रेष्ठ गत निर्वाचनमा प्रदेशसभा सदस्यमा एमालेका इन्द्रमणि पराजुलीसँग पराजित भएकी थिइन् ।

यस्तै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल बराइली साविक नेकपा एसका धनकुटा संयोजक तथा रेडियो धनकुटा एफएमका सञ्चालक हुन् ।

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य सरिता बराइली रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटामा कार्यरत छिन् । राष्ट्रिय सभाका लागि साविक नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दुर्गा कुवँरको नाम सर्वसम्म सिफारिस भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!