संखुवासभा । संखुवासभाका एक कोरोना संक्रमित बृद्धको उपचारका क्रममा बिहिबार मृत्यु भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सभापोखरी–१ का ७५ बर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु भएको हो ।
मंसिर १० गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा बिहिबार दिउँसो १२ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिए ।