संगालोखबर सम्वाददाता

धनकुटा । जनता समाजवादी पार्टीका केन्द्रिय नेता एवं विदेश विभाग प्रमुख रकम चेम्जोङ्गले राजतन्त्र फर्कने कल्पना गर्नु बेकार भएको वताएका छन् । जनता समाजवादी पार्टीले वुधवार धनकुटामा गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता चेम्जोङ्गले यस्तो वताएका हुन् ।

Advertisement

पूर्व शान्ती मन्त्रीसमेत रहेका चेम्जोङ्गले मुलुकको राजनीति निराशाजनक अवस्थामा गुज्रिरहेका बेला देशी विदेशी शक्तिहरुको चलखेलमा राजावादीहरु सल्वलाए पनि राजतन्त्र फर्किएर आउँछ भनेर कल्पना गर्नु वेकार हुने दावी गरे । नेता चेम्जोङ्गले वर्तमान सरकारको रवैया देख्दा र शासन पद्धति हेर्दा मूलुकमा सरकार भएको भान नेपाली जनतालाई नभएको टिप्पणी गरे ।

जनताको पक्षमा शासन सत्ता सञ्चालन नभएको चेम्जोङ्गले दावी गरे । ‘अहिलेको सरकार राजनीतिक स्वार्थको लागि मात्र सत्ता सञ्चालन गरिरहेको छ ।’ उनले भने–‘कोभिडले जनता आक्रान्त भईरहेका वेला सरकारले नाटक देखाई रहेको छ, समस्याको समाधन हैन, झन वढी समस्या देखाएर सरकार आफ्नो कर्तव्यबाट पन्सिदै छ ।’ कोरोनाले जनतामा मानविय संकट, स्वास्थ्य संकट हुँदा पनि कोभिड व्यवस्थापनमा सरकाले भ्रष्ट्राचार गरेको आरोप लगाउँदै नेता चेम्जोङ्गले अहिलेको सरकारलाई राजनीतिक संकट भन्दा पनि शासकीय असक्षमताको कारण संकट उत्पन्न भईरहेको दावी गरे ।

उनले २ दिन अघि मोरङ्गको मिक्लाजुङ्गमा भएको शिक्षक हत्याको घटनाको विषयमा पत्रकारहरुले उठाएको जिज्ञासामा कोही कसैले व्यक्ति हत्यामा उत्रनु राम्रो नभएको वताए । उनले घटनाको विप्लव नेतृत्वले जिम्मा लिए पनि यसरी व्यक्ति हत्या गरेर राजनीतिमा कहिले पनि सफलता नपाईने भन्दै शान्तीपूर्ण वाटोमा आउन आग्रह गरे । नेता चेम्जोङ्ग जिल्ला स्तरिय संगठन विस्तार एवं पार्टी समायोजनको शिलसिलामा केही दिनयता गृह जिल्ला धनकुटामा खटिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!