संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा आईतबार ६२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३१, झापामा १८, सुनसरीमा ५, तेह्रथुम, ताप्लेजुङ र उदयपुरमा २/२, संखुवासभा र भोजपुरमा १/१ जना थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङको विराटनगरमा १६, बेलबारीमा १२, सुन्दरहरैंचामा २ र रतुवामाईमा १, झापाको विर्तामोडमा ६, दमकमा ४, गौरादहमा ३, शिवसताक्षीमा २, गौरीगञ्ज, मेचीनगर र कमल गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै इटहरीमा २, इनरुवा, रामधुनी र बर्जुमा १/१, तेह्रथुमको लालीगुराँसमा २, ताप्लेजुङको फुङलिङमा २, उदयपुरको त्रियुगामा २, संखुवासभाको खाँदबारी र भोजपुरमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ८७९ पुगेको छ ।

प्रदेश १ मा होम आईसोलेशनमा रहेका ५९ जना कोरोना संक्रमित आज निको भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!